बिर्सतीमा भलिवलः महिला प्रथमको उपाधि दुर्गाथलीलाई, पुरुषको के छ अवस्था?

बझाङको प्रसिद्ध बिर्सती मेलामा आज भलिबल प्रतियोगिता भएको छ । बिर्सती मेला मूल आयोजक समितिले खुल्ला महिला पुरुष भलिबल प्रतियोगिता आयोजना गरेको छ ।
भलिबल खेलमा पुरुष तर्फ १६ र महिला तर्फ ८ टिमको सहभागी रहेका छन् । आज भएको खेलमा पुरुष तर्फको पहिलो चरण सकिएको छ । पुरुषको दोस्रो चरण अर्थात् फाइनल म्याच भोलि हुने छ ।

महिला तर्फ भएको भलिबल प्रतियोगिता भने आज सम्पन्न भएको छ । जसमा प्रथम दुर्गाथली गाउँपालिका ५ प्रथम भएको छ । मस्टा मावि चुवाबनले द्वितीय स्थान हासिल गरेको छ । यस्तै अमृत मेमोरियल तृतीय र दुर्गा मावि सान्त्वना भएको छ । पुरुष तर्फको भलिबलमा पुरस्कार राशि १ लाख २५ हजार रहेको छ । महिलातर्फको प्रथम पुरस्कार ४९ हजार रहेको आयोजकले जनाएको छ ।
Loading...