रुकुम पूर्वमा लघुवित्त कर्मचारी मञ्च गठन गरिएको छ । मङ्गलवार स्वावलम्बन लघुवित्त संस्था लिमिटेडका शाखा प्रबन्धक मोहन प्रसाद उपाध्यायको अध्यक्षतामा लघुवित्त कर्मचारी मञ्च गठन गरिएको हो । स्वावलम्बन लघुवित्त संस्था लिमिटेडको बैठकमा लक्ष्मी, निर्धन, छिमेक, कालीका, सी. वाई. सी, जाल्पा, आरम्भ, चौतारी, मिर्मिरे, डिप्रोष, सवालम्वन नेशनल लघुवित्तको उपस्थिति रहेको थियो ।
अध्यक्ष नारद प्रसाद, विशिष्ट उपाध्यक्ष मोहन प्रसाद उपाध्याय,पशुपति रोका, दमन कँडेल, महासचिव डम्बर बुढाथोकी, सचिव जितबहादुर हमाल सहित १९ सदस्यीय लघुवित्त कर्मचारी मञ्च कार्यसमिति गठन गरिएको छ । यस्तै ५ सदस्यीय सल्लाहकार समिति रहेको छ ।
नयाँ कार्यसमिति सँगै कार्यसमितिको बैठकले गरेको निर्णयअनुसार प्रत्येक महिनाको अन्तिम साता प्रत्येक कार्यालयहरूमा पालैपालो बैठक बस्ने निर्णय गरिएको छ । यस्तै मासिक लेवी प्रत्येक कार्यालयको सम्पूर्ण कर्मचारीले रु १ सयका दरले बैठक बसेको बेला बुझाउने, मासिक बैठकमा उपस्थित नहुने सदस्यलाई रु ५ सय जरिवाना र बैठकमा समयावधि भन्दा ढिला उपस्थित हुनेलाई २ सय रुपैयाँ लिने निर्णय समेत गरेको छ ।