गैरीगाउँ सामूहिक हत्या प्रकरण: मोटरसाइकलले ठक्कर दिएको बदला लिन सामूहिक हत्या

गैरी गाउँको सामूहिक हत्या प्रकरणमा पक्राउ परेका मुख्य आरोपीले घटनामा संलग्नता स्वीकार गरेका छन् । बोल्न नसक्ने उनले कागजमा आफ्नो स्वीकारोक्ति व्यक्त गरेको प्रहरीले सार्वजनिक गरेकाे छ ।
सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका वडानं. ९ स्थायी घर भई भक्तपुरको काँडा घारी बस्दै आएका २३ सञ्जय भण्डारी हत्या गरेको प्रहरीले सार्वजनिक गरेको छ । मृतक विशाल राईले चलाएको मोटर साइकलले भण्डारीलाई ठक्कर दिएको खुलेको छ । त्यसपछि विवाद हुँदा राईले आरोपी भण्डारीलाई राईले कुटपिट गरेको स्वीकार गरेको प्रहरीले पत्रकार सम्मेलनमा सार्वजनिक गरेको छ । सोही रिसिबी साध्नका लागि भण्डारीले सःमिलमा आई आक्रमण गरेको स्वीकार गरेको प्रहरीले सार्वजनिक गरेको छ ।

आरोपी भण्डारीलाई हत्यामा प्रयोग भएको खुकुरी र कपडासहित पक्राउ गरेको प्रहरीले उल्लेख गरेको छ ।
प्रहरीले आरोपीसँग साङ्केतिक भाषामा र लेखेर संवाद गरेको पत्रकार सम्मेलनमा एक अधिकृतले उल्लेख गरे । उनले कागजमा ‘आइ किल्ड फोर पिपुल’ भनेर लेखेको छन् । सिन्धुपाल्चोक घर भएका आरोपी हेर्दा हट्टाकट्टा छन् । उनले आफू १२ कक्षा पास भएको बताएका छन् ।

आफू दुई वटा खुकुरी बोकेर नवीन राईको हत्या गर्ने उद्देश्यले गएको उनको बयान छ । प्रहरीले एउटा खुकुरी पखालेको अवस्थामा भेटाएको थियो । खुकुरीमा रगत लागेको पाइएको छ ।

प्रहरीले घटनाको अनुसन्धानका लागि तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो । सो समितिले ३७ घण्टाको सक्रियतामा संलग्नलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

Loading...