सुर्मामा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन हुँदै

जिल्लाको सुर्मा गाउँपालिका -४ मा निःशुल्क प्रजनन  स्वास्थ्य शिविर सञ्चालन गरिने भएको छ । जिल्ला स्वास्थ्य कार्यालय बझाङ र सुर्मा गाउँपालिका स्वास्थ्य शाखाको आयोजनमा ८ गते स्वास्थ्य शिविर सञ्चालन गरिने भएको हो ।
उक्त स्वास्थ्य शिविरमा पालिकाका आम नागरिकलाई सेवा लिन सूचना मार्फत अनुरोध गरिएको छ । प्रजनन उमेर समूहका महिलाका लागि निःशुल्क सेवा सञ्चालन गरिने सुर्मा गाउँपालिका जनस्वास्थ्य निरीक्षक एवं स्वास्थ्य शाखा प्रमुख शिवराज बोहराले बताए ।

शिविरमा महिलामा पाठेघर खस्ने समस्या तथा अनवेष्ट्रेटिक, फिस्टुलाको स्क्रीनिङ, परिवार नियोजनको लामो अवधिको अस्थायी साधन सेवा, पाठेघरको मुखको सम्भावित क्यान्सर सम्बन्धी जाँच, यौन रोगको उपचार तथा परामर्श सेवा, गर्भवती महिलाहरूलाई अल्ट्रासाउन्ड सेवा, स्त्री रोग, यौन रोग तथा एचआइभी जाँच सेवा प्रदान गरिने भएको छ ।  शिविर  यही असोज ८ गते  सुर्मा स्वास्थ्य चौकीमा सञ्चालन हुने छ ।

(स्वास्थ्य शाखा सुर्मा गाउँपालिकाले जारी गरेको सूचना)
Loading...