शिविरमा महिलामा पाठेघर खस्ने समस्या तथा अनवेष्ट्रेटिक, फिस्टुलाको स्क्रीनिङ, परिवार नियोजनको लामो अवधिको अस्थायी साधन सेवा, पाठेघरको मुखको सम्भावित क्यान्सर सम्बन्धी जाँच, यौन रोगको उपचार तथा परामर्श सेवा, गर्भवती महिलाहरूलाई अल्ट्रासाउन्ड सेवा, स्त्री रोग, यौन रोग तथा एचआइभी जाँच सेवा प्रदान गरिने भएको छ । शिविर यही असोज ८ गते सुर्मा स्वास्थ्य चौकीमा सञ्चालन हुने छ ।
