सुर्मा गाउँपालिकामा क्रिकेटको आयोजना, कति छ धनराशि ?

सुर्मा समाज सुधार यूथ क्लबले खुल्ला पुरुष क्रिकेट प्रतियोगिताको आयोजना गरेको छ । हिन्दुहरूको महान् चाड विजया दशमीको अवसर पारेर क्रिकेट प्रतियोगिता लगायत अन्य सांस्कृतिक कार्यक्रमको आयोजना गर्न लागेको क्लबका अध्यक्ष युवराज सुर्मेलीले बताए । सुर्मा समाज सुधार यूथ क्लबले आज सोमबार निकालेको सूचनामा यही असोज १८ गतेबाट क्रिकेट पतियोगीता, पुरुष महिला दोहोरी र देउडा प्रतियोगिता सञ्चालन गरिने भएकाले इच्छुक खेलाडीहरूलाई सहभागी हुन अनुरोध गरिएको छ ।

आयोजित क्रिकेट प्रतियोगितामा प्रथम पुरस्कार १ लाख १० हजार ४ सय ४४, दित्तिय पुरस्कार रु. ५० हजार ४ सय ४४ रहेको छ । टिम दर्ता शुल्क ६ हजार रुपैयाँ तोकिएको छ । खेलमा विजेता टिमलाई प्रमाणपत्र, मेडल तथा ट्रफी वितरण गरिने र म्यान अफ द म्याच, म्यान अफ द सिरिजको व्यवस्था गरिएको आयोजकले जनाएको छ । यस्तै दोहोरी र देउडा प्रतियोगितामा भने उचित सम्मान गरिने छ । खेलमा सहभागी हुन इच्छुक टिमले असोज १७ गते भित्र दर्ता गरिसक्नुपर्ने कार्यक्रम सुर्मा गाउँपालिका ४ जयपुर दैपांडी गडामा १८ गते उद्घाटन गरिने पनि आयोजक सुर्मा समाज सुधार यूथ क्लबले बताएको छ ।

Loading...