काङ्ग्रेस नेता थापा गए नागरिकको घरदैलोमा, जनताको मत लिएका वडाध्यक्ष कहाँ छन् ?

मङ्गलवार दिउँसो २ बजेदेखि लगातार आएको भूकम्पका कारण क्षतिको विवरण बारे बुझ्नका लागी नेपाली काङ्ग्रेस छबिस पाथिभेरा गाउँपालिका सभापति पाण्डव थापा नागरिकको घरदैलोमा हिडेका छन् । थापाले विपद्को घडीमा आवश्यक पर्ने राहत सामाग्री लिएर छबिस पाथिभेरा गाउँपालिकाका नागरिकको घरघरमा जान लागेका हुन् ।

सभापति थापाले ५० त्रीपाल, ३० पिस सिरक, २ पिस स्ट्रेचर लगायत अत्यावश्यक सामाग्री लिएर भूकम्पबाट भएको क्षतिबारे बुझ्नका लागी नागरिकको घरदैलोमा गएका हुन् । छबिस पाथिभेरा गाउँपालिकाका ७ वटै वडामा पुग्ने उनले बताएका छन् ।

नेता थापाले फेसबुकमा लेखेका छन् : 

मेरा गाउँपालिकावासी पिडामा रहेकाले अति जोखिम रहेका मध्ये ५० पिस पाल,३० पिस सिरक,कम्मल,केही पिस भाँडाकुँडा,र बिरामी बोक्ने  स्ट्रेचर २ पिस वितरण गर्ने छु। प्रत्येक वडामा ७ पाल दिन सक्ने अवस्था छ। स्ट्रेचर सात नम्बर वडाका विर्ख धामीलाई बुडखोरीमा हस्तान्तरण गर्ने छु। यो दुःखको घडीमा छबिसबासी सहयोगीको अपेक्षामा छन् । सबैले सहयोग गरिदिनुहोला ।

जनताको मत लिएर गएका वडाध्यक्ष लगायत जनप्रतिनिधिहरू सामाजिक सञ्जालमा क्षति पुर्‍याएको एक संरचनाको तस्बिर पोस्ट गर्दै रमिते हेरिरहेका छन् ।

Loading...