वडा अध्यक्ष सिंहले दिए भूकम्प प्रभावितलाई राहत

छबिस पाथीभेरा गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष करनजंग बहादुर सिंहले भूकम्प पीडितलाई राहत सामाग्री दिएका छन् । सोमबार अध्यक्ष सिंह नेतृत्वको टोलीले छबिस पाथीभेरा गाउँपालिका वडा नं. १ का मटेला, बगडगाउँ, गिठीपाटा, सुँगाला, काप्डीगाउँ लगायतका टोलका बासिन्दालाई राहत सामाग्री वितरण गरिएको हो ।
भूकम्पका कारण पुर्णरुपमा क्षति पुर्‍याएका ६ सय घरधुरी मध्ये २ सय घरपरिवारको अवस्था बाहिर त्रीपाल टाँगेर बस्नुपर्ने परिस्थिति भएकाले तत्काल वडा कार्यालयको निर्णय अनुसार भूकम्पबाट प्रभावित नागरिकलाई राहत स्वरूप खाद्यान्न, त्रीपाल जस्ता आवश्यक सामाग्री वितरण गरिएको वडा अध्यक्ष तथा गाउँपालिका प्रवक्ता करनजंग बहादुर सिंहले बताए ।

 

अध्यक्ष सिंहले भने, “अहिलेको परिस्थिति र आपत्कालीन घडीमा भूकम्प प्रभावित परिवारलाई राहत मात्रै सहयोग गरेका छौँ । यो वर्ष हाम्रो वडामा बजेट सिमीत मात्रै छ । तथापी पीडित नागरिकलाई तत्काल हामीले घाउमा मलहम पट्टि लाउने प्रयास गरेका छौँ ।
Loading...