लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्टले बझाङको दुर्गाथली गाउँपालिकाका भूकम्प पीडित परिवारलाई राहत दिएको छ । दुर्गाथली गाउँपालिकाको समन्वयमा बुधवार लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एन नेपालले पालीकाका भूकम्पबाट प्रभावित भएका घरपरिवारलाई १५ लाख रुपैयाँ बराबरको राहत सामाग्री उपलब्ध गराएको हो ।
विश्वको सबैभन्दा ठुलो मानिने सामाजिक संस्था लायन्सले दुर्गाथलीका ३ सय १० जना भूकम्प पीडितलाई राहत स्वरूप खाद्यान्नमा प्रति व्यक्ती २५ केजीका दरले चामल, १ केजी दाल, १ प्याकेट तेल, नुन १ प्याकेट, तन्ना १ सेट, झुल पिफम १ सेट मेडिसिन वितरण गरेको हो ।
यो संस्था आपत्कालीन अवस्थामा जहाँ अप्ठ्यारो पर्छ त्यहाँ लायन्स क्लबको उपस्थिति भन्ने अभियानका साथ सामाजिक क्षेत्रको सेवा कार्य गरिरहेको लायन्स क्लबका डिस्ट्रिक्ट गर्भनरले बताए । उनले भने, “झन्डै दुई दिन लाएर नेपालगन्जबाट यहाँ आएका छौँ । आज लायन्स क्लबले विपदको बेला थोरै राहत होस् भन्ने उद्देश्यले टाढाबाट गरिएको सानो सहयोग मानवीय नाताले लिएर बझाङ पुगेका छौँ ।” हामीले यो बिचमा दुर्गाथली गाउँपालिकाका करिब ३ सय १० घरपरिवारका लागी आवश्यक राहत सामाग्री वितरण गरेका छौँ ।
कठिन परिस्थितिमा पनि लडी राखेका, लागी राखेका नागरिकसँगको सामाजिक क्षेत्रको काममा आफु पनि सदैव सक्रिय भएर सहयोग गर्ने उनको भनाइ छ ।