बझाङको बाल आश्रमलाई रेसम धामीले आर्थिक सहयोग गरेका छन् । धामीले दुर्गाथली गाउँपालिका –१ मा रहेको मदन भण्डारी बाल आश्रमलाई आर्थिक सहयोग गरेका हुन् । बाल आश्रममा बसिरहेका अनाथ बालबालिकालाई उनले १० हजार रुपैयाँ आर्थिक सहयोग गरेका हुन् ।
दसैँ तिहार निजिकीएसँगै आश्रममा भएका बालाबालीको मुहार उज्यालो होस् भनेर सहयोग गरेको उनले बताए ।
धामी भन्छन्, ‘सबैका लागी दसैँ तिहार सधैँ आयो होला, तर बाल आश्रममा बसिरहेका बालबालिकाहरू पनि रमाउन् भन्ने अपेक्षा गरेको छु । अनाथ असहाय बालबालिका पिडादायक जिन्दगी देख्दा सहयोग गरौँ भन्ने भावना जाग्यो ।’
लामो समय देखि सञ्चालनमा रहेको मदन भण्डारी बाल-आश्रमलाई आफ्नो तर्फबाट सानो सहयोग गर्न पाएकोमा आफूलाई खुसी लागेको उनले बताएका छन् । दुर्गाथलीका एक स्थानीयले सञ्चालन गरेको मदन भण्डारी बाल आश्रममा अहिले १२ जना बालबालिका छन् ।