थलिनौविस युवा सञ्जाल तथा नौविस क्षेत्रका शिक्षक कर्मचारीले विद्यार्थीको क्षमता अभिवृद्धिका लागी हाजिरी जवाफ प्रतियोगिताको आयोजना गरेको छ । शुभ दिपावलीको पावन अवसरमा शुभकामना आदानप्रदान सहित साँस्कृतिक कार्यक्रम तथा हाजिरी जवाफ प्रतियोगिताको आयोजना गरिएको हो ।
छबिस पाथिभेरा गाउँपालिका -६ को बिसौना बजारमा सञ्चालन गरिएको कार्यक्रममा उक्त क्षेत्रका आधारभूत तह १० विद्यालय र माविका १० वटा टिम सहभागी छन् । जसमा छबिस पाथिभेरा गाउँपालिका -७ को नमुना आधारभूत विद्यालय नौरा, मजखोरी माध्यमिक विद्यालय, सुर्योदय आधारभूत विद्यालय खोरी, छबिस-६ को शिव आधारभूत विद्यालय लेकगाउँ, बाँठपाली मावि, दुर्गाथली गाउँपालिका-७ को महादेव आ.वि, जनसहयोग आवि छबिस-५ को चन्द्रोदय मावि खतेडा लगायत बोर्डिङ स्कुलको सहभागीता रहेको छ ।
प्रतियोगितामा मावि स्तरीयको प्रथमलाई १० हजार, दोस्रोलाई ७ हजार, तेस्रो हुने विद्यालयलाई ४ हजार र शान्त्वना पुरस्कार १ हजार ५ सय रहेको छ । यस्तै प्रावि स्तरीय प्रथमलाई ५ हजार, द्वितीयलाई ३ हजार, तृतीयलाई २ हजार र शान्त्वना पुरस्कार १ हजार रहेको छ ।
विद्यार्थीको सुन्दर भविष्यको चिन्तन, वौदिक्ता र क्षमता अभिवृद्धिका लागी एक रचनात्मक कार्यको थालनी गरिएको थली नौविस युवा सञ्जालका अध्यक्ष धनशेर बुढाले बताए ।
यस्तै नौविस क्षेत्रमा १ बर्ष भित्र स्थायी भएका शिक्षकहरूलाई थलिनौबिस युवा सञ्जालको तर्फबाट स्वागत गरिएको आयोजकले बताएको छ ।