बझाङमा अस्थायी साधन चोरी गरेका बालकले फोडे पसल

बझाङमा पसल तोडफोड गरेको आरोपमा १४ वर्षीय बालक पक्राउ परेका छन्। सदरमुकाम चैनपुरको चौराहा नजिकै रहेको एसपलस मोबाइल ग्यालरीमा चोरी गरेको आरोपमा एक बालक पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा सुर्मा गाउँपालिकाका १४ वर्षीय बालक रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। शुक्रवार राति साढे ११ बजेको समयमा उनी मोबाइल ग्यालरीभित्र पसेर सामान चोरी गर्दै गरेको अवस्थामा स्थानियले देखेर प्रहरीलाई खबर गरेका थिए।

पसलको ताला फोडेर भित्र गएका बालकले प्रहरी र स्थानीय आएपछि सामान चोर्न भने नपाएको तर केहि मोबाइल, ल्याप्टप लगाएतका इलेक्ट्रोनिक सामग्रीमा क्षति पुगेको पसल सञ्चालक शिवराज उपाध्यायले बताए। घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ।

ती बालकले गत कात्तिकमा सुर्मा गाउँपालिका–३ धनीधारामा रहेको एक आधारभुत स्वास्थ्य केन्द्रमा समेत तोडफोड गरेर स्वास्थ्य सामग्री चोरी गरेका थिए। उनले बेलुन बनाएर उडाउनका लागि तीन प्याकेट कण्डम चोरेका थिए।

Loading...