विद्युत प्राधिकरणको कार्यालयमा तालाबन्दी : करेन्ट लागेर मृत्यु भएका भण्डारीको क्षतिपूर्तिको माग

Masta Gaupalika

नेपाल विद्युत प्राधिकरण बझाङ वितरण केन्द्र शाखा कार्यालयमा तालाबन्दी गरिएको छ । २३ गते करेन्ट लागेर मृत्यु भएका केदारस्युँ गाउँपालिकाका राम भण्डारीको उचित क्षतिपूर्तिको माग सहित विद्युत प्राधिकरणको लापरबाहीप्रति खेद प्रकट गर्दै नेपाल कम्युनिस्ट पार्टीले आइतबार तालाबन्दी गरेको हो ।

विज्ञप्तीमा भनिएको छ :
हाम्रो महान् तथा जनप्रिय नेपाल कम्युनिस्ट पार्टी सधैँ भरी नेपाली श्रमजीवी जनताको अधिकार र न्यायको पक्षमा संर्घष गर्दै आएको ब्यहोरा सबैलाई जानकारी नै छ। मिति २०८० मंसिर २३ गते केदारस्युँ गाउँपालिका वडा नं १ चौडाम बगरमा २५ बर्षको राम भण्डारी लाई करेन्ट लागेर मृत्युको खबरले हाम्रो पार्टी मर्माहित भयको छ। भने जिल्ला बिधुत प्राधिकरण कार्यालय बझाङ को गम्भीर लापर्वाही को कारण बझाङ जिल्ला वासी ले पटक-पटक करेन्ट लागेर मृत्युको सिकार हुनु परेकोछ।

हाम्रो महान तथा जनप्रिय नेपाल कम्युनिस्ट पार्टी बझाङ ले पटक-पटक बिधुत कार्यालयमा गएर सुझाव सल्लाह दिँदा पनि बिधुत प्रसारण लाइन मर्मत बिस्तारमा चरम लाप्रवाही गरेको ले उक्त घटना प्रति खेद सहित दोषीलाई कारबाही गरी पिडित लाई उचित क्षतिपूर्ति दिन सम्वन्धित निकाय लाई दवाव स्वरूप जिल्ला बिधुत कार्यालय बझाङमा तालाबन्दी गरिएको ब्यहोरा सबैलाई यसै बिज्ञप्ती मार्फत जानकारी गरिन्छ।

Loading...