कालिकोटका शेरबहादुर विश्वकर्माले अभिनयमा डेब्यू गरेका छन् । विश्वकर्माले सुदूर कर्णालीकी चर्चित मोडल झरना बोहरासँग उक्त गीतबाट बेब्यु गरेका हुन् । नरहरिनाथ गाउँपालिका०६ माल्कोटका विश्वकर्माले अभिनय यात्रा सुरु गरेका हुन् ।
युवा सर्जक तथा गीतकार लोकेश गोरल लाउरेको शब्दसंगीत रहेको उक्त गीतमा गायक छत्र शाही र प्रेमा शेर्पा चटौतले आवाज दिएका छन् । सो भिडियोको निर्देशन रमेश बिजुली बिसीले गरेका छन् भने छायाङ्कन अमृत उपाध्यायले गरेका छन् । त्यस्तै गीतको एरेन्ज मिक्सिङ सञ्जय श्रीपालले गरेका छन् ।
सुदूर र कर्णालीलाई नियालेर त्यहाँको कला संस्कृतिलाई जगेर्ना गर्न र आम दर्शक श्रोताहरूलाई मनोरञ्जन दिन उक्त देउडा गीतको निर्माण गरिएको प्रोडक्सन टिमले जिकिर गरेका छन् । आधा दर्जनभन्दा बढी गीतमा आफ्नो आवाज भरिसकेकी गायिका प्रेमा शेर्पा चटरत एक दशकदेखि काठमाडौँमा बस्दै आए पनि पुर्ख्यौली घर सुदूरपश्चिम कैलाली भएको र सोही अनुरूप त्यहाँको कला संस्कृतिको निकै माया लाग्ने र त्यसलाई आफूहरूले नै जगेर्ना गर्नुपर्ने बताइन् ।
झरना बोहरा र शेर बहादुर विश्वकर्माले अभिनय गरेको टिपिकल देउडा ‘घर मेरो कर्णाली प्रदेश २’ गीत प्रेम शेर्पा चटौत युटुव च्यानल बाट गत शुक्रवार सार्वजनिक भएको छ । उक्त गीतको छायाङ्कन कर्णाली चिसापानी र अत्तरियामा गरिएको थियो ।