वाइ एक्स युनिकको “लुरी केटी” हेर्नु भयो ?

वाइ एक्स युनिकको लुरी केटी म्युजिक भिडियो सार्वजनिक गरिएको छ । र्‍यापर जगत तिरुवा र युनिकको स्वरमा रहेको ‘क्या दामी दामी छै लुरी केटी, मन पर्याे कसम से लुरी केटी’ बोलको नयाँ र्‍याप गीतको भिडियो बुधवार सार्वजनिक गरिएको हो ।

भिडियोमा वाइएक्स युनिक, र्‍यापर जगत तिरुवा र मोडल ममता राना मगरको अभिनय रहेको छ । र्‍याप र गायन क्षेत्रमा असाध्यै रुचि राख्ने युनिकले यो भन्दा अगाडी सोल्टी, भोले नाथ, धुमधमाका लगायत थुप्रै गीत निर्देशन गरिसकेका छन् ।

‘हाम्रा विभिन्न प्रस्तुतिलाई दर्शकले औधी रुचाउँदै आएका छन् । विगत झैँ यस गीतलाई पनि सबैले मन पराइदिनेछन् भन्ने विश्वास लिएका छौँ; युनिकले भने ।’ कलकारिता क्षेत्रमा उदीयमान युनिकले आफ्नो अभिनय जीवनको विशिष्ट प्रयास भएको बताए ।
युनिक क्षेत्री बझाङ जिल्लाको छबिस पाथीभेरा गाउँपालिका – ७ घट्टे गाउँका हुन् ।

भिडियो हेर्न तलको लिङ्कमा जानुहोस् ।

https://youtu.be/pXnBBtivKvI?list=RDpXnBBtivKvI

Loading...