बझाङमा अचम्म भयो: मोटरसाइकल खरिद गर्ने बजेटले प्रतीक्षालय निर्माण

जनप्रतिनिधिहरु अहिले राज्यस्रोतको दोहन गर्नमा तल्लीन छन् । विभिन्न निकायबाट आएको बजेटकाे दुरूपयाेग गरेकाे भेटिन्छ । आफ्ना आसेपासेहरुको दुरुपयोग गरिरहेको भेटिन्छ । तर बझाङमा भने एक सक्षम र अब्बल वडाध्यक्षले राज्यस्रोतको दुरुपयोग नगरी सार्वजनिक कार्यमा लगानी गरेका छन् ।

बझाङको छबिस पथिभेरा गाउँपालिका – १ का वडाध्यक्ष करनजंग बहादुर सिंहले मोटरसाइकल खरिद गर्ने बजेटले प्रतीक्षालय निर्माण गरेका छन् । गाउँपालिकाको आन्तरिक स्रोतबाट विनियोजन भएको रकमबाट वडाध्यक्ष करनजंग बहादुर सिंहले अर्को प्रतीक्षालय निर्माण उदाहरणीय काम प्रस्तुत गरेका छन् । वडा कार्यालयमा निर्माण गरिएको प्रतीक्षालयले सेवाग्राहीलाई सहज बनाइदिएको छ ।

अध्यक्ष सिंहले यसबर्ष पनि गाउँपालिकाको आन्तरिक स्रोतबाट विनियोजित ५ लाख रुपैयाँले वडा कार्यालय परिसर भित्र प्रतीक्षालय निर्माण गरेका हुन् । गाउँपालिकाका अन्य वडाका वडाध्यक्षले आफ्नो सहजताका लागी सवारीसाधन मोटरसाइकल खरिद गरेका छन् ।

वडाकार्यालयमा निर्माण गरिएको प्रतीक्षालयको शिलालेखमा ‘छबिस पाथिभेरा गाउँपालिकाको आन्तरिक स्रोतबाट विनियोजन रकमबाट मोटरसाइकल खरिद नगरी निर्माण गरिएको प्रतीक्षालय’ लेखिएको छ ।

अध्यक्ष सिंहले भने, ‘पालिकाको आन्तरिक स्रोतबाट विनियोजित रकमले अन्य वडा कार्यालयमा मोटरसाइकल खरिद भएका छन् । मैले अहिलेसम्म सरकारी मोटरसाइकल प्रयोग गरेको छैन । उक्त रकमबाट वडावासीको सेवा र सहजताका लागी प्रतीक्षालय निर्माण गरिदिएको छुँ ।’

मैले पाउने सेवा सुविधा सबै कटौती गरेको छुँ । न मैले पारिश्रमिक लिने गरेको छुँ, न मैले सरकारी सवारीसाधन प्रयोग गरेको छुँ । आफ्नो निजी साधन प्रयोग गरी नागरिकको सेवामा दिनरात तल्लीन हुँदापनी केहीले सामाजिक सञ्जालमा नकारात्मक भाव छर्किरहेका छन् अध्यक्ष सिंहले भने ।

 यसबर्ष निर्माण गरिएको प्रतिक्षालय

प्रतीक्षालय निर्माण भएपछि वडावासी खुसी भएका छन् । सेवा प्रदायकमा ढिलासुस्ती भएका बेला सेवाग्राहीलाई प्रतीक्षा गर्न सहज हुने भएको छ ।

गतबर्ष पनि आफ्नो वडामा सञ्चालन भएका वार्षिक कार्यक्रम तथा योजना सबैभन्दा पहिला सम्पन्न गर्दै कार्यसम्पादन मूल्याङ्कनमा प्रथम भएको सो वडाले गाउँपालिकाबाट ५ लाख रकम पुरस्कार पाएको थियो । सो रकमबाट मानवतावादी राजा जयपृथ्वी बहादुर सिंहको स्मृतिमा यात्रु प्रतीक्षालय र सालिक निर्माण गरेको थियो ।

Loading...