बझाङमा घरको सिडीबाट लडेर एक वृद्ध घाइते भएका छन् । जिल्लाको थलारा गाउँपालिका- ८ देवस्थलीका ६३ वर्षीय मदनराज पाध्याय घाइते भएका हुन् । मङ्गलवार दिउँसो १२ बजेको समयमा पाध्याय आफ्नै घरको सिडीबाट लडेर घाइते भएका जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
पाध्यायको जिल्ला अस्पताल बझाङमा चेकजाँच गर्दा बायाँ छातीको १० वटा करङ भाँच्चिएको र बायाँ काँधमा चोट लागेको बताइएको छ । बझाङमा उपचार सम्भव नभएपछि थप उपचारको लागी उनलाई धनगढी रिफर गरेको भए पनि गाडीमा लैजान अप्ठ्यारो हुने भएकोले प्लेन नआउँदा सम्मको लागी पाध्यायको जिल्ला अस्पतालमै उपचार भइरहेको बताइएको छ ।