बझाङको सेती नदिमा एक पुरुषको शव फेला 

बझाङको सेती नदिमा एक पुरुषको शव फेला परेको छ ।  जिल्लाको केदारस्युँ गाउँपालिका -१ गर्जेपनी स्थित सेती नदीको बिच भागको पानीमा घोप्टो अवस्थामा एक पुरुषको शव फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार मृत फेला पर्नेमा केदारस्युँ गाउँपालिका- १ रायलका ४३ वर्षीय महेन्द्र मल्ल रहेका छन् । मल्ल हिजाे देखि बेपत्ता रहेका थिए । उनी झोता स्वस्थ्य चौकीका इन्चार्ज समेत हुन् ।

 

घटनाको बिषयमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
Loading...