बाजुरामा युवाहरूलाइ प्रजनन स्वास्थ्य सम्बन्धि जनचेतनामुलक तालिम 

भिजिबल इम्प्याक्ट नाम संस्थाले युवाहरूलाई यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी जनचेतनामूलक कार्यक्रम आज एक कार्यक्रमका बिच सम्पन्न गरेको छ । भिजिबल इम्प्याक्ट नाम संस्थाको आयोजनामा सोमबार सदरमुकाम मार्तडीमा बसोबास गर्दै आएका एक सयबढि युवाहरू र बडिमालिका मल्टी टेक्निकलका बिद्यार्थीहरुलाई यौन तथा प्रजनन स्वास्थ्य र अधिकार सम्बन्धी जनचेतनामूलक सत्र मार्फत कार्यक्रम गरेको हो ।

विगत ७ महिनादेखि विभिन्न जिल्लामा यौन तथा प्रजनन स्वास्थ्य र अधिकार सम्बन्धी कार्यक्रम गर्दै आएको उक्त संस्थाले बाजुरामा पनि पहिलो पटक सो कार्यक्रम गरेको जनाएको छ । युवाहरूलाई यौन तथा प्रजनन स्वास्थ्य र अधिकार, परिवार योजनाका साधनहरूको प्रयोग, सुरक्षित गर्भपतन लगायतका विषयमा जिल्ला सदरमुकाममा रहेको युवाहरूलाई सचेतना दिन आज बडिमालिका नगर पालिकाको सभा हलमा कार्यक्रम गरेको भिजिबल इम्प्याक्टका मानसिंह विष्टले बताएका छन् ।

स्वस्थ र सुखी परिवार नै जीवनको सुखको आधार भएकाले पछिल्लो पीढीका युवाहरूलाई यौन तथा प्रजनन स्वास्थ्य अधिकारका बारेमा चेतना दिनका लागि उक्त कार्यक्रम गरेको प्रशिक्षक गराउँदै भिजिबल इम्प्याक्टका विजयराज जोशीले बताए । यौन तथा प्रजनन स्वास्थ्य अधिकार अन्तर्गत परिवार योजना, सुरक्षित गर्भपतन, गर्भपतन सम्बन्धी नेपालमा कानुनी व्यवस्था लगायतका विषयमा पोस्ट टेस्टका साथै भिजिबल इम्प्याक्टका प्रतिनिधिबाट प्रशिक्षण गराइएको थियो ।

उक्त कार्यक्रम बिहान १० बजेदेखि १ बजेसम्म पहिलो चरणमा ६० जना बढी युवाहरूलाई सहभागी गराएर सुरु गरिएको थियो भने दोस्रो चरणमा पनि ६० जना बढी युवाहरूलाई राखेर कार्यक्रम सम्पन्न गरेको छ ।

यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी जनचेतनामूलक कार्यक्रमको पहिलो चरणमा जिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोकायाले उद्घाटन गरेका थिए भने दोस्रो चरणको कार्यक्रममा बडिमालिका नगरपालिका ८ का अध्यक्ष चन्द्र बहादुर थापाले ब्यानर वाचन गरेर उद्घाटन गरेका थिए ।

उक्त कार्यक्रममा जिल्ला समन्वय समिति बाजुरा प्रमुख तुलसीराम रोकाया, बडिमालिका नगरपालिका ८ का अध्यक्ष चन्द्र बहादुर थापा, नगरपालिकाका कर्मचारी, बडिमालिका नगर स्तरीय युवा सञ्जालका अध्यक्ष सन्तोष विक, सचिव वीरेन्द्र रावल, अन्य सङ्घ संस्थाका पदाधिकारी, बास नेपाल बाजुरा जिल्ला अध्यक्ष सरिता थापा, उपाध्यक्ष भरत बोहरा, बडिमालिका मल्टी टेक्निकलका सोविन रावत, भिजिबल इम्प्याक्टका अनिल जोशी, केशव बाेहरा, मानसिंह विष्ट, विजयराज जोशी, अन्य युवाहरू लगायतको सहभागिता रहेको थियो ।

Loading...