बाजुरा सदरमुकाम मार्तडीमा अहिले अवैध ट्युसन सेन्टरले शैक्षिक क्षेत्रमा लुट मच्चाइरहेको छ । अनुमति विना नै सञ्चालनमा आएको ट्युसन सेन्टरले विधिको शासनमाथि खुलेआम चुनौती दिई रहेको छ ।
बडीमालिका शैक्षिक केन्द्रको नामबाट सदरमुकाम नजिकै सञ्चालनमा आएको यो ट्युसन सेन्टरले विद्यार्थीबाट चर्को मूल्य असुल गरिरहेको छ भने । राज्यलाई न कर तिरेको छ न अनुमति नै लिएको छ ।
यो ट्युसन सेन्टरले विद्यार्थीबाट प्रति विषय एक महिनाको रु १८ सय असुली गरिरहेको छ । प्रति विषय रु ६ सयका दरले शुल्क बुझाइ रहेको एक विद्यार्थीले बताए । एउटा विद्यार्थीले अंग्रेजी, गणित, विज्ञान गरी कम्तीमा ३ वटा विषय सो ट्युसन सेन्टरमा अध्ययन गर्ने गर्दछन् ।
सो ट्युसन सेन्टरले कक्षा सञ्चालन गर्न अनुमति नलिएको शिक्षा विकास तथा समन्वय इकाई बाजुराका प्रमुख हर्कबहादुर सिंहले बताए । बाजुरामा कुनै पनि ट्युसन सेन्टरले कक्षा सञ्चालनको लागि अनुमति नलिएको उनको भनाई छ ।
भिडियाे रिपाेर्ट हेर्नका लागि यहाँ क्लिक गर्नेहाेस् ।