बझाङमा घरको छतबाट लडेर एक बालक घाइते भएका छन् । आज दिउँसो १ : १५ बजेको समयमा जयपृथ्वी नगरपालिका- ९ सिमखेतमा बस्दै आएका ८ वर्षीय आयुश कडायत छतबाट लडेर घाइते भएका हुन् ।
छबिसपाथिभेरा गाउँपालिका – २ मुम्ला घर भई सिमखेत स्थित कोठा भाडामा बस्दै आएका भिरु कडायतको छोरा बर्ष ८ को आयुश कडायत घरको छतमा खेल्ने क्रममा लडेर घाइते भएका जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
घाइते बालकको आखाँ, मुख, छाति र टाउँकोमा चोट लागेको छ । उनको जिल्ला अस्पताल बझाङमा उपचार भईरहेको छ । प्रहरीका अनुसार घाइते बालकको अवस्था चिन्ताजनक रहेको छ ।