खप्तडछान्ना गाउँपालिकामा आगलागी हुँदा ३ घर जलेर नस्ट

जिल्लाको खप्तछान्ना गाउँपालिकामा आगलागी भएको छ ।आज दिउँसो साढे ३बजेको समयमा खप्तडछान्ना गाउँपालिका- ६ सिँगडाका ३ घरमा आगलागी भएको हो ।

प्रहरीका अनुसार सिँगडाका सन्तोष बहादुर खड्काले आफ्नो घरको आँगनमा खर (फोहोर मैला) बाली रहेको अवस्थामा एक्कासी हावाहुरी चल्न गई नजिकै रहेका कुम्भराज खड्का, शंक देवी खड्का र सोही ठाउँका धन बहादुर खड्काको सँगै जोडिएको २ तले खरले छाएको घरको छानोमा आगलागि भएको हो ।

आगलागीबाट घरहरू पुर्ण रुपमा जलेर नष्ट भएको बताइएको छ । आगो पुर्ण रुपमा नियन्त्रणमा आई सकेको र अन्य मानवीय तथा पशुचौपाया क्षेति नभएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

Loading...