धनि हुने दाउमा प्रहरीको फन्दामा परे बझाङका ‘गोल्डमेडालिस्ट’ इन्जिनियर धनबहादुर (भिडियो)

धनबहादुर बोहरा । पढाइमा गोल्ड मेडालिस्ट । हाल बित्थडचिर गाउँपालिकामा सिभिल इन्जिनियर  । नेपाली काङ्ग्रेसका पार्टी सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाबाट  उनी दीक्षित भएका थिए  । बित्थडचिर गाउँपालिकाका कर्मचारी समेत रहेका धनबहादुर रातारात धनी हुने लहडमा हालै प्रहरीको फन्दामा परेका छन् ।

मानिसले आफ्नो बुद्धि सही ठाउँमा प्रयोग गर्न जानेन भने के सम्म भोग्नु देख्नु पर्दो रहेछ भन्ने उदाहरण बनेका छन् तिनै धनबहादुर बोहरा ।  हुदाखादाको जागिर, मान सम्मान र इज्जत धनबहादुरको कुकर्मले एकैछिनमा माटाेमा मिलेको छ ।
(भिडियाे हेर्न यहाँ क्लिक गर्नुहाेस्)

बझाङको बित्थडचिर गाउँपालिका-१ का २६ वर्षीय धनबहादुर बोहरालाई प्रहरी शनिवार पक्राउ गरेको थियो ।

धनबहादुरले माघ २३ गते बित्थडचिरकै मोहनबहादुर बोहराको मतदाता नामावली परिचयपत्र डाउनलोड गरेर अवैध रूपमा सिम निकालेका थिए ।

उक्त सिमबाट सञ्चालित नविल बैङ्कको मोबाइल बैङ्किङ एपबाट ७२ हजार एक सय ट्रान्सफर गरी ३५ हजारको नमस्ते र ३५ हजारकै एनसेलको रिचार्ज कार्ड लिएको बुझिएको छ ।

बागबजारको मित्र मोबाइलबाट रिचार्ज कार्ड किनेर उनी बझाङ गएको डिएसपीले दीपक कुमार कार्कीले बताए ।

अपरिचित व्यक्तिले मतदाता नामावलीको प्रमाणपत्र दुरुपयोग गरेर सिम झिकेपछि बिहीबार बोहराले प्रहरीमा उजुरी दिएका थिए । उनकै उजुरीका आधारमा डडेलधुरा प्रहरीले लोकेसन ट्रेस गरेर बझाङ प्रहरीलाई खबर गरेको थियो । त्यसपछि बझाङ प्रहरीले धनबहादुरलाई पक्राउ गरेर डडेलधुरा प्रहरीलाई बुझाएको डडेलधुरा प्रहरीले जनाएको छ ।

प्रहरी स्रोतका अनुसार धनबहादुरलाई ल्याउन जिल्ला प्रहरी कार्यालय डडेल्धुराका इन्सपेक्टर कुसुम नायक आफैं बझाङ पुगेका थिए ।

प्रयोगमा रहेको सिम हराएको भएपनि सोही नम्बरको नयाँ सिम निकाल्ने क्रममा सक्कलै नागरिकता र स्वयम् व्यक्ति उपस्थित भएर अर्को सिमकार्ड लिने प्रावधान छ । तर, टेलिकमले अनलाइनमा प्रविष्ट रहेको मतदाता नामावली परिचयपत्र डाउनलोड गरेर गएका अपरिचित व्यक्तिलाई सिमकार्ड दिएको थियो।
(भिडियाे हेर्न यहाँ क्लिक गर्नुहाेस्)

 

Loading...