धनगढी उपमहानगरपालिका ८ क्याम्पस रोडमा रहेको एरिस्टो माविले विद्यालय स्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न गरेको छ । एरिस्टो माविको प्राङ्गणमा उक्त प्रतियोगिता सम्पन्न भएको हो । ब्याडमिन्टन प्रतियोगितामा धनगढीका १३ ओटा विद्यालयका ३१ छात्र र १० छात्रा गरी ४१ खेलाडी सहभागी भएका थिए ।
विद्यालय स्तरमा लुकेर रहेका खेलाडीहरूको प्रतिभा बाहिर ल्याउन प्रतियोगिता आयोजना गरिएको थियो । कैलाली जिल्ला ब्याडमिन्टन सङ्घको समन्वयमा प्रतियोगिता आयोजना गरिएको खेल उत्कृष्ट रहेको थियो ।
विद्यालय स्तरबाटै खेलकुदमा रुचि जगाउन र विशेष गरी ब्याडमिन्टन खेलाडीहरूलाई उत्पादनमा सहयोग होस् भन्ने हेतुले प्रतियोगिता आयोजना गर्न लागिएको शिक्षक रियल एनलाइसिसले बताए । उनले पढाइ सँगसँगै खेलकुद पनि विद्यार्थीको लागि महत्त्वपूर्ण रहेको कुरा खेल शिक्षक दर्शन थापाले बताए ।
विद्यालय संस्थापक एवम् म्यानेजिङ डाइरेक्टर शान्ति अधिकारी क्षेत्रीले आफ्नो विद्यालय शैक्षिक गतिविधिमा सक्रिय रहेको र नतिजा पनि उत्कृष्ट आइरहेको भन्दै पढाइ सँगसँगै खेलकुदलाई अगाडि लैजानुपर्छ भन्ने मान्यताका साथ यस पटक विद्यालय स्तरीय ब्याडमिन्टन प्रतियोगिता गर्न लागेको बताइन ।
‘समाजमा हरेक सचेत नागरिकले उत्तरदायित्व बहन गर्नुपर्छ, हाम्रो विद्यालय आफूले समाजका लागि सक्दो सहयोग गरिरहेको छ । सामाजिक उत्तरदायित्व अनुसार यस पटक ब्याडमिन्टन प्रतियोगिता गर्न लागेका हौँ’ प्रिन्सिपल अधिकारी भनिन्, ‘यो नमुनाको रूपमा अगाडि बढाउन खोजेका छौँ यस वर्षको सिकाइका आधारमा अर्को वर्ष अझ भव्य आयोजना गर्ने गरी योजना बनाउने छौँ ।’
प्रतियोगितामा प्रथम हुने खेलाडीले नगद ५ हजार, ट्रफि मेडल र प्रमाणपत्र,दृति हुनेले नगद ३ हजार नगद, ट्रफि, मेडल र प्रमाणपत्र तथा तृतीय हुनेले २ हजार नगद ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । नकआउट चरणमा खेलाइएको ब्याडमिन्टन प्रतियोगिता एरिस्टो माविकै प्राङ्गणमा फाल्गुन ५ गतेदेखि ७ गतेसम्म सञ्चालन भएको थियो ।
२०४९ सालमा स्थापित एरिस्टो मावि उत्कृष्ट व्यवस्थापन र गुणस्तरीय शिक्षाका कारण सुदूरपश्चिम प्रदेश भरी लोकप्रिय रहेको छ । एरिस्टोबाट कक्षा १० पास गरेका दर्जनौँ विद्यार्थीहरू राज्यको उपल्लो तहमा स्थापित छन् । कक्षा ८ को बोर्ड परीक्षा र एसइई । परीक्षामा उत्कृष्ट नतिजा ल्याइरहेकोले विद्यालयमा विद्यार्थीको चाप हुने गर्दछ ।
ब्याडमिन्टन प्रतियोगितामा पुरुष एकल तर्फ एरिष्टोका रियांश चौधरी प्रथम हुन सफल भएका छन् भने थ्री स्टार अङ्ग्रेजी आवासीय विद्यालयका आदित्य चौधरी दोस्रो हुन सफल हुनुभएको छ त्यसै गरी आयोजक विद्यालयकै आर्जन विष्टले तेस्रो स्थान हासिल गर्न सफल भकाएछन् ।
उदयमान खेलाडीको रूपमा ऐश्वर्य विद्या निकेतन बाट हिमाचल खत्रीलाई मायाको चिनो सहित र्याकेट प्रदान गरिएको छ ।
त्यसैसरि, महिला एकलतर्फ धनगढी नमुना प्राविधिक माध्यमिक विद्यालयबाट रन्जु राना प्रथम हुन सफल भएकी छिन् भने एक्सिस विद्या आश्रमबाट कृती जोशी दोस्रो हुन सफल भएकी छिन् त्यसै गरी आयोजक विद्यालयकै प्रतिज्ञा साउदले तेस्रो स्थान हासिल गर्न सफल भएकी छिन् । छात्रातर्फ उदयमान खेलाडीको रूपमा मयुर इङ्लिस स्कुलकी ममता विष्ट लाई मायाको चिनो प्रदान का साथै र्याकेट प्रदान गरिएको छ ।