हिन्दुवादी नेताहरूको असंवैधानिक गिरफ्तारीबारे जनकपुरधामको रामानन्द चोकमा जिहादी गतिविधिहरूको विरुद्धमा प्रदर्शन गरिरहेका दुई हिन्दु क्रान्तिकारीहरूलाई धनुषा प्रहरीले पक्राउ गरेको घटनाको राष्ट्रिय एकता अभियाले घोर भर्त्सना गरेको छ । राष्ट्रिय एकता अभियानका स्थानीय नेता मनिष पूर्वे र पङ्कज झाको गिरफ्तारी असंवैधानिक भएको भन्दै तत्काल रिहाइ गर्न माग गर्दै प्रेस विज्ञप्ति जारी गरेको छ ।
हिन्दुवादी नेताहरूको असंवैधानिक गिरफ्तारीबारे जनकपुरधामको रामानन्द चोकमा जिहादी गतिविधिहरूको विरुद्धमा प्रदर्शन गरिरहेका दुई हिन्दु क्रान्तिकारीहरूलाई धनुषा प्रहरीले पक्राउ गरेको घटनाको हामी घोर भर्त्सना गर्दछौ राष्ट्रिय एकता अभियानको विज्ञप्ति भनिएको छ ।
राष्ट्रिय एकता अभियानका स्थानीय नेता मनिष पूर्वे र पङ्कज झाको गिरफ्तारी असंवैधानिक भएको समेत हाम्रो ठहर रहेको छ। धनुषाका प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले शान्ति सुरक्षाका लागि उहाँहरूलाई पक्राउ गरिएको बताए पनि हिन्दु समाजको आवाज दबाउन र जिहादी गतिविधिको बचाउ गर्न उहाँहरू पक्राउ गरिएको हो। यस्तो अवस्थामा हामी पक्राउ परेकाहरूको रिहाइको माग गर्दै संविधानबमोजिम मानवअधिकारको पक्षमा जिम्मेवार कदम चाल्नुपर्ने आवश्यकता देखाउँछौँ ।
आज वीरगन्जको छपकैया र घरीअरवा टोलमा दङ्गाजस्तो वातावरण छ । हिजो वीरगन्जमा मुस्लिमहरूको जुलुसले पोल र पसलमा झुण्डयाईएका धार्मिक झन्डाहरू झिकेर खुट्टाले कुल्चेको घटनाले गर्दा वीरगन्जका हिन्दु जनतामा आक्रोश छ । अभियानका संयोजक विनय यादवले बताए । उनले भने, ‘हिजो मुस्लिमहरूले प्रहरीमाथि पनि ढुंगामुढा गरेका थिए । वीरगन्जका कतिपय टोलहरू मिनी पाकिस्तान बनेका छन् । जहाँ प्रहरी पनि जानबाट डराई रहेको छ” ।
मुस्लिम आतंकीहरूको पहिचान गरी उनीहरूलाई जेलमा हालेर मुद्दा चलाइएन भने उनीहरूको मनोबल बढ्दै जाने छ, विज्ञप्तिमा भनिएको छ ।