बझाङका दुई परीक्षा केन्द्रबाट अनिवार्य नेपालीको प्रश्न पत्र बाहिरिएको छ । शान्ति उमा बि स्रोत केन्द्र चौघानपाटाबाट परीक्षा सञ्चालन भएको एक घण्टा नबित्दै नेपाली विषयको प्रश्न पत्र बाहिरिएको हो । शान्ति उमाबी स्रोत केन्द्र बाट प्रश्न पत्र बाहिरिएको छ ।
मोबाइलबाट प्रश्न पत्रको फोटो खिचेर फेसबुक म्यासेन्जर, ह्ववाट्सएप जस्ता सञ्जालमा प्रश्न पत्र छ्यापछ्याप्ती छ । बाहिरिएको तस्बिरमा बिधार्थीको नाम उल्लेख भएको प्रवेश पत्र देखिन्छ । प्रश्न पत्रको माथि कोठा नं ६ उल्लेख गरिएको छ । साथै … माध्यमिक विद्यालय खतेडा बझाङ उल्लेख गरेको प्रवेश पत्र स्पष्ट देखिएको छ ।
यस्तै, बान्निचौर स्रोत केन्द्रको परीक्षाबाट प्रश्न पत्र पनि पत्र बाहिरिएको छ । स्रोत केन्द्रबाट परीक्षार्थीहरूले ह्वाटसएपबाट प्रश्न पत्र लिक गरेका छन् ।
एसइईको नेपाली विषयको प्रश्न पत्र बाहिरिएको छ । परीक्षा सुरु भएको १० मिनेट पछि नै नेपाली विषयको प्रश्न पत्र बजारमा उपलब्ध भएको हो ।