बझाङमा प्रदेश सभा क्षेत्र नम्बर १ को (१) मा एमालेका दमन भण्डारीले सुरूआतदेखि नै अग्रता कायम राखेका छन्।
छबिसपाथिभेरा गाउँपालिकाको मतगणना सकिँदा एमाले उम्मेदवार भण्डारी एक हजार ८ सय ५ मत पाएका छन्।
भने कांग्रेसका अभिषेक सिंहले एक हजार १ सय २८ मत पाएका छन्।
उनीभन्दा माओवादी केन्द्रका उम्मेदवार जनक बुढा झिनो मतले अगाडि छन्।
उनले एक हजार २ सय ७४ मत पाएका छन्। चौथो स्थानमा रहेका नेकपा (एकीकृत समाजवादी) का दिलबहादुर सिंहले ७ सय २१ मत पाएका छन्।
बझाङमा शनिबार भएको उपनिर्वाचनमा ३० हजार ३ सय २८ जनाले मतदान गरेका छन्।
२०७९ मा भएको निर्वाचनमा कांग्रेसका पृथ्वीबहादुर सिंहले १७ हजार एक सय १२ मत ल्याएर जितेका थिए भने यहाँ एमालेका उम्मेदवार अफिलाल ओखेडाले १३ हजार तीन सय ३६ मत ल्याएका थिए।
त्यसबेला यहाँ तत्कालीन सत्ता गठबन्धनबाट कांग्रेसका सिंह साझा उम्मेदवार थिए।