बझाङमा लागु औषध चरेससहित दुई जना पक्राउ

बझाङमा लागू औषध चरेससहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बुंगल नगरपालिका -२ का २९ वर्षीय दीपक धामी र सोही ठाउँका ४५ वर्षीय आइते धामी रहेका छन् ।

 

आज दिउँसो १२ बजेको समयमा बित्थडचिर गाउँपालिका- ३ दुधढल्ला स्थित बागथला बाट धनगढी तर्फ जाँदै गरेको चालक  धामीले चलाएको सु.प.प्र.०१००१ च. ३९३३ नम्बरको जिपलाई प्रहरी चौकी स्याडीको ईन्ट्री पोस्टमा चेकजाँच गर्दा जिप साहु आइते धामीले उक्त जिपको पछाडि राखेको पहेँलो मकैको कट्टा भित्र बाहिर सेतो प्लास्टिक र भित्र कालो प्लास्टिकमा ९ वटा पोका चरेस जस्तो देखिने कालो पदार्थ लुकाई छिपाई राखेको अवस्थामा फेला परेको हो ।
चालक, साहु र जिप सहित प्रहरीले नियन्त्रणमा लिएको छ । उनिहरु माथि थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

Loading...