रुकुम पश्चिमकी दीपशिखा देवकोटा मिस एन्ड मिसेस् युनिभर्सल नेपाल सिजन ४ को उत्कृष्ट ६ मा पुग्न सफल भएकी छन् । अडिसन चरणबाट छनोट भएर उनी शीर्ष ६ मा पुगेकी हुन् ।
विवाहित तथा अविवाहित युवतीहरूको प्रतिभा निखार्ने उद्देश्यले तयार गरिएको यस प्रतियोगितामा अन्तिम प्रतिस्पर्धाका लागि छानिएका उत्कृष्ट ६ प्रतियोगी छानिएका हुन् ।
रुकुम पश्चिमको सानी भेरी गाउँपालिका ३ की दीपशिखा देवकोटा काठमाडौँमा रहेर इन्टर नेशनल एअर क्याबिन क्रु अध्ययन गर्दै छिन् । कला क्षेत्रमा रुचि राख्ने दीपशिखाले आफूलाई भोट गर्न अपिल गरेकी छन् । सानैदेखि आफ्नो रुचि पढाई सँगसँगै गायन, नृत्य तथा चित्रकलामा रहेको बताइन् । उनले भनिन्, ‘अहिलेसम्म आन्तरिक प्रतिस्पर्धाबाट उत्कृष्ट ६ मा परेकी छु । अबको चरण भोटिङमा आधारित हुने छ । सबैलाई भोट गर्न अनुरोध गर्दछु ।’
प्रतियोगितामा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मनोरञ्जन कार्यक्रमहरू, सामाजिक परियोजनाहरू र अन्य धेरै कार्यक्रमहरू आयोजना गरी देशको विकासमा योगदान पुर्याउने उद्देश्यले स्पार्कल इन्टरटेनमेन्टको स्थापना भएको आयोजक टिमले बताएकाे छ ।
विवाहित तथा अविवाहित युवतीहरूको प्रतिभा निखार्ने उदेश्यले कार्यक्रम तय गरिएकाे स्पार्कल इन्टरटेनमेन्टकी सीइओ नितु श्रेष्ठले बताइन् ।
उत्कृष्ट ६ भित्र समावेश भएपछि अबको चरण पार गर्न उनलाई अनलाइन भोटको जरुरत पर्दछ । आयोजकले उल्लेख गरेको छ, ‘मिस एन्ड मिसेस् नेपाल २०२४ का लागि हाम्रा शीर्ष ६ प्रतिस्पर्धी घोषणा गर्न पाउँदा हामी हर्षित छौँ । हाम्रा सबै फाइनलिस्टहरू बौद्धिक, सुन्दर र प्रतिभावान् छन् ।’
देवकोटालाई भोट गर्न यहाँ क्लिक गर्नुहोस् । अर्थात् खल्ती डिजिटल वालेटमा गएर भोटिङ सेक्सन छनोट गरी मिस एन्ड मिसेस् नेपालको सेक्सनमा गई उनलाई भोट गर्न सकिन्छ । उनको भोटिङ आइडी (०५) रहेको छ ।