इजरायलले गाजा र लेबनानमा गरेको हवाई हमलामा परेर पछिल्लो २४ घण्टामा १०० भन्दा बढी मानिसको मृत्यु भएको छ। इजरायली सेनाको हवाई हमलाबाट गाजामा ५० भन्दा बढी प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ।
जसमध्ये कम्तीमा ४२ जनाले गाजाको उत्तरी क्षेत्रमा ज्यान गुमाएको अलजजिराले समाचारमा जनाएको छ। लेबनानका सार्वजनिक स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली सेनाले लेबनानभर ५३ जनाको हत्या गरेको छ। यस्तै १६१ जनालाई घाइते बनाएको छ।
सन् २०२३ को अक्टोबर ७ मा हमासको नेतृत्वमा भएको आक्रमणपछि इजरायलले प्रत्याक्रमण जारी राखेको छ। यसयता गाजामा मात्रै कम्तीमा ४३ हजार ४६९ प्यालेस्टिनीको मृत्यु भएको छ। यस्तै १ लाख २ हजार ५६१ जना घाइते भएका छन्। आक्रमणको दिन इजरायलमा १ हजार १३९ जनाको मृत्यु हुनका साथै २०० भन्दा बढी व्यक्तिलाई बन्धक बनाइएको थियो।