ट्रम्पले भने– रुसी राष्ट्रपति पुटिनसँग वार्ताका लागि तयार छु

अमेरिकी राष्ट्रपति पदका लागि भएको निर्वाचनमा विजयी भएलगत्तै डोनाल्ड ट्रम्पले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ताका लागि तयार रहेको बताएका छन् । बिहीबार एनबीसी न्यूजसँग कुरा गर्दै ट्रम्पले पुटिनसँग वार्ता हुनेमा विश्वास व्यक्त गरे ।

सी समाचार एजेन्सीका अनुसार डोनाल्ड ट्रम्पले अहिलेसम्म पुटिनसँग वार्ता नभएको तर वार्ता हुने सम्भावनालाई नकार्न नसकिने बताएका छन् ।

ट्रम्पले युक्रेनका राष्ट्रपतिदेखि लिएर इजरायली प्रधानमन्त्रीसमेत विश्वका ७० नेतासँग वार्ता भइसकेको बताएका छन् ।

 

Loading...