बझाङमा मालबाहाक ट्रक दुर्घटना, चालक चन्द सकुशल

बझाङमा मालबाहाक ट्रक दुर्घटना भएको छ । जिल्लाको जयपृथ्वी राजर्माग अन्तर्गत छबिस पाथिभेरा गाउँपालिका–१ स्थित जालेबगरमा बझाङ आउँदै गरेको ट्रक दुर्घटनामा परेको हो ।

आज दिउँसो ४ बजेको समयमा बझाङ आउँदै गरेको से १ ख ३६९१ नम्बरको ट्रक सडकको मुनिपट्टिको भाग भाँसिएर दुर्घटामा परेको हो ।

मालबाहक ट्रक सडकबाट करिब ५ मिटर तल खसेको र ट्रक चालक बैतडि सिगास घर भएका २८ वर्षीय पवेन्द्र चन्द सकुशल रहेका जिल्ला प्रहरि कार्यालय बझाङले जनाएको छ । ट्रकमा बोकेको अन्दाजी ५ टन चामल नष्ट भएको छ ।

जालेबगर नजिकै बालुवाटारमा गत महिना देखी सुख्खा पहिरो संगै ढुंगा आइरहेको छ । उक्त ठाउँमा बेलाबेलामा सडक अवरुद्ध हुने, जोखीमको यात्रा गर्नुपर्ने समस्या रहेको छ ।

Loading...