बझाङमा निर्वाचन सम्बन्धी सुरक्षा गोष्ठी सम्पन्न भएको छ ।
सुदूरपश्चिम प्रदेश कमान्ड पोस्टका प्रतिनिधिहरूद्वारा निर्वाचन सम्बन्धी सुरक्षा गोष्ठी सम्पन्न भएको हो । यही मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारीका लागि सुरक्षा गोष्ठी आयोजना गरिएको थियो ।
वित्थडचिर गाउँपालिका वडा नम्बर ८ स्थित बागथालामा गोष्ठी सम्पन्न भएको वीरभद्र जङ्ग गुल्म बझाङले बताएको छ ।
निर्वाचन २०७९ लाई निस्पक्ष, स्वतन्त्र, पारदर्शी र भयरहित वातावरणमा सम्पन्न बनाउन वीरभद्र जंग गुल्म बझाङ र बागथाला स्थित गुल्म र देविदल गणको संयुक्त फौजद्वारा स्थापना गरिएको सुरक्षा वेशमा सुदूरपश्चिम प्रदेश कमान्ड पोस्टका प्रतिनिधिहरू उपस्थिति भएका थिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याल सहित जिल्लाका सबै सुरक्षा प्रमुख तथा प्रतिनिधिहरू उपस्थिति थिए ।
सुरक्षा गोष्ठीमा सुदूरपश्चिम प्रदेश प्रमुखको कार्यालय प्रमुख सचिव नारायण प्रसाद दुवाडी शर्मा, सुदूरपश्चिम पृतना हेड क्वाटरका पृतनापति उपरथी विजय थापा प्रदेश प्रहरी प्रमुख नायब महानिरीक्षक मोहन आचार्य तथा सशस्त्र प्रहरी बल नेपालका प्रहरी बरिष्ठ उपरीक्षक विश्व कुमार भट्टराईको टोली उपस्थित थियो ।
गोष्ठीमा जिल्ला सुरक्षा समितिका संयोजक रहेका प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले निर्वाचनमा सुरक्षासम्बन्धी कुनै पनि समस्या नहुन दिन निर्देशन दिएका छन् ।