केदारस्युँ गाउँपालिका-२ मा एक दिने आँखा शिविर सञ्चालन गरिएको छ । केदारस्युँ गाउँपालिका तथा च्यारिटी हेल्थ फाउण्डेशनद्धारा सञ्चालित आँखा उपचार केन्द्र देउराको आयोजनामा आइतबार एक दिने आँखा शिविर सञ्चालन गरिएको हो ।
उक्त शिविरमा ३२ जना स्थानीयवासीले आँखा उपचार सेवा लिएका छन् । आँखा उपचार केन्द्र शाखा प्रमुख उमा चौधरीका अनुसार शिविरमा सहभागीलाई औषधि र निःशुल्क चस्मा पनि वितरण गरिएको छ ।
स्थानीय बासिन्दालाई आँखाको समस्या समाधान गर्ने र उनीहरूको दृष्टि सुधार गर्ने उद्देश्यले शिविर सञ्चालन गरिएको हो । शिविरमा सहभागी हुनेहरूलाई चस्मा वितरण गर्दा उनीहरूको स्वास्थ्यको हेरचाह सुनिश्चित गर्ने प्रयास गरिएको थियो ।
गाउँपालिकाको सक्रिय सहभागिता र आँखा उपचार केन्द्रको सहयोगले आँखा शिविरले निकै प्रभावकारी परिणाम ल्याएको छ । जसले स्थानीय समुदायको स्वास्थ्यमा सुधार ल्याउन महत्त्वपूर्ण भूमिका निभाएको छ।
आफ्नै गाउँमा आँखाको चेकजाँच तथा उपचार गर्न पाउँदा लाभान्वित स्थानीय हर्षित भएका छन् । शिविर गाउँपालिकाका ९ वटै वडामा सञ्चालन गरिने भएको छ ।