केदारस्युँ गाउँपालिका-३ भाडिकोटमा आज एक दिने आँखा शिविर सञ्चालन गरिएको छ। उक्त शिविरबाट ८३ जना स्थानीय बासिन्दाले आँखा जाँच र उपचार सेवा लिएका छन् । शिविरमा भाग लिएका सहभागीहरूलाई निःशुल्क औषधि र चस्मा पनि वितरण गरिएको छ ।
शिविरको आयोजनामा केदारस्युँ गाउँपालिका र च्यारिटी हेल्थ फाउन्डेसनको सहकार्य रहेको छ । आँखा उपचार केन्द्रका देउरा शाखा प्रमुख उमा चौधरीका अनुसार गाउँपालिकाका ९ वटै वडामा आँखा शिविर सञ्चालन गरिने छ ।
शिविरमा खटिएका स्वास्थ्यकर्मी दुर्गा भण्डारीले स्थानीय बासिन्दाले आफ्नै गाउँमा आँखाको उपचार सेवा पाउँदा खुसी व्यक्त गरेको बताएकी छिन् । यस शिविरले स्थानीयलाई आँखा स्वास्थ्यको महत्त्व बुझाउन र उपचारको सहजतालाई पहुँचमा उपलब्ध गराएको छ ।