केदारस्युँ गाउँपालिका-६ मा आज बुधबार आँखा उपचार शिविर आयोजना गरिएको छ । आँखा उपचार केन्द्र केदारस्युँ र च्यारिटी हेल्थ फाउन्डेसन नेपालको आयोजनामा शिविरबाट स्थानीयलाई निशुल्क सेवा प्रदान गरिएको हो ।
शिविर आधारभूत स्वास्थ्य सेवा केन्द्र, भाडशैनमा सञ्चालन गरिएको हो । जसमा केदारस्युँ- ६ का त्याडी गाउँ, बिनाडा, भाटसैन, थापागाउँ र गाँजरी क्षेत्रका स्थानीय वृद्धवृद्धालगायत ७३ जनाले आँखा उपचार सेवा लिएका छन् । यस्तै बिरामीहरूलाई निशुल्क चस्मा र औषधि समेत वितरण गरिएको छ ।
आँखा उपचार केन्द्र केदारस्युँकी प्रमुख उमा चौधरीले नागरिकलाई पहुँचयोग्य र गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्य रहेको बताइन् । दुर्गम क्षेत्रका नागरिकलाई प्राथमिकतामा राखी नजिकैबाट सेवा उपलब्ध गराउन पालिकाका सबै वडामा शिविर सञ्चालन गरिएको हो । ,” उनले भनिन् ।
वडाध्यक्ष जयबहादुर धामीले आँखा शिविरको प्रशंसा गरेका छन् । स्वास्थ्य सुविधाको अभाव रहेका स्थानमा यसले ठूलो सहयोग पुर्याएको धामीले बताए ।
आफ्नै गाउँमा आँखाको चेकजाँच तथा उपचार गर्न पाउँदा स्थानीय नागरिक खुशी भएका छन् ।