बझाङ र बैतडीका दुई जना युवक खैरो हेरोइनसहित धनगढीबाट पक्राउ

बझाङ र बैतडीका दुई जना युवक खैरो हेरोइनसहित कैलालीको धनगढीबाट पक्राउ परेका छन् ।

धनगढी उपमहानगरपालिका–४ संचयकोष कार्यालय नजिकबाट बैतडीको दोगडाकेदार गाउँपालिका घर भई हाल धनगढी उपमहानगरपालिका–४ बस्ने २५ वर्षीय हेमन्त कार्की र बझाङको केदारस्युँ गाउँपालिका–२ घर भई हाल धनगढी उपमहानगरपालिका–२ बस्ने २० वर्षीय पारस रावल पक्राउ परेका हुन् ।

३२० मिलिग्राम खैरो हेरोइनसहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले बिहीवार दुबै जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।

Loading...