बझाङमा ढुंगा लागेर एक महिलाको मृत्यु

बझाङमा ढुंगा लागेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको थलारा गाउँपालिका-९ स्थित मालुमेला विद्यालय नजिकै सडकमा हिँडिरहेको अवस्थामा माथिबाट खसेको ढुङ्गा लागेर आमवगर भुवा टोलीकी ३८ वर्षीया स्वास्थ्य स्वयमसेविका पच्चकला जोशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

हिजो दिउँसो घटना घटेको हो । हिजोदेखि परिरहेको वर्षाकाका कारण कच्ची सडकको माथिबाट ढुङ्गा खसेको अनुमान गरिएको छ ।

मृतक मालुमेलावाट हिजो दिउँसो  आफ्नो घर आमवगर जादै गरेको मृतकका आफन्तले बताएका छन् । घटनास्थल मालुमेलाको विद्यालयभन्दा करिव ५/७ मिनेटको पैदल दुरीमा पर्छ ।

Loading...