डा. हिमाल धामी र जनप्रतिनिधि ज्याबन समुदायबाट सम्मानित

बार्ह देउ ज्याबन समाज कैलालीले आफ्नो पाँचौँ साधारण सभाको अवसरमा बझाङको ज्याबन समुदायका विशिष्ट व्यक्तित्वहरूलाई सम्मान गरेको छ ।

कार्यक्रममा समुदायका पहिलो डाक्टर डबल बहादुर धामी, बुङ्गल नगरपालिकाका मेयर जय बहादुर धामी, कञ्चनपुरका प्रमुख उपसचिव कृष्ण बहादुर धामी, तथा अन्य विशिष्ट योगदान गर्ने व्यक्तित्वहरूलाई सम्मान प्रदान गरिएको हो ।

ज्याबन समुदाय बझाङ जिल्लाको सांस्कृतिक र सामाजिक रूपमा समृद्ध जातीय समूह हो । सम्मानित व्यक्तित्वहरूको योगदानले समुदाय र समग्र क्षेत्रकै प्रगतिको लागि प्रेरणादायी भएको आयोजकले बताए ।

उक्त कार्यक्रम कैलालीको अत्तरियामा सम्पन्न भएको थियो, जसमा समाजका सदस्य, स्थानीय प्रतिनिधि, र विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

Loading...