नेपाल निजामती कर्मचारी संगठन बझाङको अध्यक्षमा मुकेश कुमार थापा चयन

नेपाल निजामती कर्मचारी संगठन बझाङको अध्यक्षमा छबिसपाथिभेरा गाउँपालिकाका मुकेश कुमार थापा चयन भएका छन् । संगठनको १३ औं जिल्ला अधिवेशनबाट सर्वसम्मत रूपमा थापालाई अध्यक्ष चयन गरिएको हो ।

यस्तै, जिल्ला कमिटीमा उपाध्यक्ष धर्मराज जोशी, महिला उपाध्यक्ष बिन्दु चन्द, सचिव दिपक बोहरा, उपसचिव नरेश ओली, र कोषाध्यक्ष हर्क बहादुर सार्की रहेका छन् । साथै, कमिटीमा १३ सदस्य समेटिएको छ ।

अधिवेशनले बझाङ जिल्लामा निजामती कर्मचारीहरूको हकहित र अधिकार सुनिश्चित गर्न थप योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ ।

Loading...