राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र पछिल्लो समय विभिन्न विवादहरू सतहमा आएका छन् । सुदूरपश्चिम प्रदेशका नेताहरूले भारतमा अवैध रूपमा चन्दा संकलन गरेको आरोपसँगै पार्टी सभापति रवि लामिछाने पनि सहकारी ठगी प्रकरणमा मुछिएका छन्, जसले पार्टीको छविमा गम्भीर असर पार्न सक्ने देखिएको छ ।
सुदूरपश्चिम प्रदेशमा रास्वपाका प्रदेश सभापति ई. प्रकाश विष्ट र महामन्त्री सन्तोष जोशीमाथि पार्टीको नियमविपरीत भारतमा चन्दा संकलन गरेको आरोप लागेको छ । पार्टी कार्यकर्ता गजेन्द्र सिंहले सामाजिक सञ्जालमार्फत यी नेताहरूले गैरकानुनी रूपमा चन्दा उठाएको दाबी गरेका थिए । सिंहले आफ्नो पोस्टमा स्थानीय तहको उपनिर्वाचनका लागि उम्मेदवारको नाममा रकम संकलन गरिएको समेत उल्लेख गरेका थिए ।
यो विषयमा पार्टीका प्रवक्ता तथा महामन्त्री सन्तोष जोशीले आरोप अस्वीकार गर्दै सिंहविरुद्ध कानुनी कारबाही गर्ने बताएका छन् । यद्यपि, हालसम्म कुनै कानुनी कदम चालिएको देखिएको छैन । सिंहले आफ्नो पोस्ट पछि हटाएका छन्, जसलाई पार्टीको दबाबको परिणाम मानिएको छ। तर, रास्वपा सुदूरपश्चिम प्रदेशले यसबारे आधिकारिक धारणा सार्वजनिक गरेको छैन । गजेन्द्र सिंग प्रहरी संगठनकाबाट रिटाइड हवल्दार समेत हुन् । उनलाई अहिले पार्टिले साधारण सदस्य बाट समेत हटाएको महामन्त्री जोशिले बताएका छन ।