धनगढी, माघ – नेकपा (एकीकृत समाजवादी) टिकापुर नगर कमिटीको दोस्रो नगर अधिवेशन सम्पन्न भएको छ। बुधबार टिकापुरमा सम्पन्न अधिवेशनले महेश बुढाको नेतृत्वमा २१ सदस्यीय नगर कमिटी सर्वसम्मत चयन गरेको हो।
अधिवेशनमा पार्टीका कैलाली जिल्ला इन्चार्ज दीर्घ सोडारीको विशेष उपस्थिति रहेको थियो। साथै, जिल्ला अध्यक्ष विमल जोशी, पूर्व अध्यक्ष भैरव रावल, प्रदेश कमिटी सदस्य सुर्यचन्द्र भट्टराई, जिल्ला कमिटी सदस्य ललित साउँद, जगदीश्वर पण्डितलगायत नेताहरूले शुभकामना मन्तव्य दिएका थिए।
नगर अध्यक्ष रंग अधिकारीको अध्यक्षतामा सम्पन्न अधिवेशनले पार्टीलाई थप सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।