बेताल माविका विद्यार्थीलाई मेडल र प्रमाणपत्र वितरण

केदारस्युँ गाउँपालिकामा आयोजित चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने बेताल माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई मेडल र प्रमाणपत्र वितरण गरिएको छ । शुक्रबार सम्पन्न कार्यक्रममा विभिन्न इभेन्टहरूमा स्थान प्राप्त गर्ने विद्यार्थीहरूलाई सम्मान गरिएको हो ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष हेमन्त भण्डारीको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि वडा अध्यक्ष वीर बहादुर भण्डारी, र विशिष्ट अतिथि प्रेम प्रसाद खनाल रहेका थिए । विद्यालयका प्रधानाध्यापक विक्रम बहादुर भण्डारीले स्वागत मन्तव्य दिएका थिए भने उद्घोषण झलक बहादुर रोकायाले गरेका थिए ।

सोही कार्यक्रममा विद्यालयलाई सहयोग गर्ने व्यक्तिहरूलाई अभिनन्दन गर्दै विद्यालयमा नयाँ शिक्षकको स्वागत पनि गरिएको थियो । कार्यक्रमको दौरानमा विद्यार्थीहरूले रोचक प्रस्तुति दिएर सबैलाई मन्त्रमुग्ध पारेका थिए ।

यसअघि विद्यालय स्वास्थ्य तथा पोषणका विषयमा सम्पूर्ण शिक्षकहरूलाई अभिमुखीकरण गरिएपछि यो कार्यक्रम आयोजना गरिएको थियो । मेडल र प्रमाणपत्र पाउँदा विद्यार्थीहरू हर्षित भएका छन् ।

कार्यक्रमले विद्यालय र विद्यार्थीहरूको आत्मविश्वास अभिवृद्धि गरेको सहभागीहरूले बताएका छन् ।

Loading...