इन्सेक बझाङ प्रतिनिधि सिंह मानव अधिकार वर्ष पुस्तक २०२५ का लागि छनोट

बझाङ, इन्सेक बझाङका प्रतिनिधि सत्यराज बहादुर सिंह नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ का लागि सुदूरपश्चिम प्रदेशबाट उत्कृष्ट प्रतिनिधि छनोट भएका छन् ।

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ को विमोचन समारोहका अवसरमा उत्कृष्ट प्रतिनिधिहरूलाई सम्मान गरिने भएकाेछ । उक्त कार्यक्रम फागुन ७ गते काठमाडौंमा आयोजना हुनेछ । जसका लागि सिंहलाई फागुन ६ गते नै काठमाडौं पुग्न अनुरोध गरिएको छ ।
<span;>इन्सेकद्वारा प्रत्येक वर्ष प्रकाशित मानव अधिकार वर्ष पुस्तकमा विभिन्न प्रतिनिधिहरूले आफ्नो क्षेत्रमा गरेको मानव अधिकार अनुगमन, मानव अधिकारका घटना अभिलेख, अनुसन्धान तथा प्रतिवेदन निर्माणका आधारमा मूल्यांकन गरिन्छ ।

<span;>यस क्रममा सिंहको योगदानलाई उच्च मूल्यांकन गर्दै उत्कृष्ट प्रतिनिधिको रूपमा छनोट गरिएको इन्सेक अनलाईनका प्रदेश सम्पादक कृष्णबहादुर विस्वकर्माले बताए । यस सम्मानले मानव अधिकार संरक्षण तथा प्रवर्द्धनमा समर्पित पत्रकार तथा मानव अधिकारकर्मीहरूलाई थप प्रेरणा दिने अपेक्षा गरिएको छ ।

Loading...