अनलाइन ठगहरूको एजेन्ट बनेर ठगी गर्दै महर्जन

पछिल्लो समय नेपालमा अनलाइन ठगीका घटनाहरू तीव्र रूपमा वृद्धि भइरहेका छन् । बैङ्क तथा डिजिटल वालेटका प्रयोगकर्ताहरूलाई झुक्क्याएर ठग्ने प्रवृत्ति व्यापक बनेको छ । प्रहरी प्रशासनले बेलाबेलामा अनलाइन ठगीमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरे पनि यस्ता घटनाहरू निरन्तर भइरहेका छन् ।

यसै क्रममा, अनलाइन ठगीमा संलग्न रोशन महर्जनको नाम बाहिर आएको छ । टेलिग्राममा (एनबिइ) ग्रुपमा महर्जन सक्रिय छन् । यो ग्रुपले अनलाइनमा विभिन्न प्रलोभन देखाउँदै ठगिगरिरहेकाे छ । जसको नेपाली एजेन्टको रूपका महर्जनले रकम उठाइरहेको खोजका क्रममा भेटिएको छ । उनी अनलाइन ठगहरूको एजेन्ट बनेर काम गरिरहेको देखिन्छ । उनी विभिन्न प्रलोभन देखाएर सर्वसाधारणलाई ठगी गर्दै आएका छन् ।

महर्जनको बैङ्क तथा डिजिटल वालेट सामाजिक सञ्जाल प्रयोगकर्तालाई प्रलोभनमा पारी झुक्क्याउने र रकम ठगीको रकम जम्मा गर्ने गरेका खुलेको छ । हामीलाई आएको सूचनाको आधारमा उनको गरिमा बैङ्ककाे खाता नम्बर ०२३०११०६०००५२७३ फेला परेको छ, जुन विभिन्न ठगी कारोबारमा प्रयोग भएको देखिन्छ । उनले ९८४९२२४३५९  नम्बरकाे माेबाइलबाट इसेवा , खल्ती तथा अन्य डिजिटल भुक्तानी प्रणालीका प्रयोगकर्ताहरूलाई लक्षित गर्दै साइबर अपराध गर्दै आएका छन् ।

बाइनान्समार्फत पैसा बाहिर पठाउने तथ्य फेला

अनुसन्धानका क्रममा महर्जनले ठगी गरेर संकलन गरेको रकम बाइनान्स नामक क्रिप्टोकरेन्सी विनिमय प्लेटफर्ममार्फत विदेश पठाउने गरेको तथ्य फेला परेको छ । ठगीबाट प्राप्त रकमलाई डिजिटल मुद्रामा रूपान्तरण गरी अन्य व्यक्तिहरूको खातामा ट्रान्सफर गर्ने र त्यसलाई नेपाल बाहिर पठाउने नेटवर्कमा उनी संलग्न रहेको शंका गरिएको छ ।

सामाजिक सञ्जालबाट साइबर फिसिङ

महर्जनले अनलाइन जागिर, घरमै बसेर धेरै पैसा कमाउन सकिने जस्ता आकर्षक विज्ञापनहरू सामाजिक सञ्जालमा राख्ने गर्छन् । यी विज्ञापनहरूमार्फत उनी सर्वसाधारणलाई लोभ्याउने र उनीहरूको बैङ्क खाताको जानकारी प्राप्त गरी रकम ट्रान्सफर गर्ने गरेका छन् ।

Loading...