एसईईका लागि निःशुल्क कक्षा सञ्चालन गर्दै युनियन एजुकेशनका सञ्चालक भट्टराई

 

काठमाडौं, फागुन ४ – एसईई (SEE) तयारी गरिरहेका विद्यार्थीहरूका लागि युनियन एजुकेशनले निःशुल्क तयारी कक्षा सञ्चालन गर्ने भएको छ। फागुन ४ गतेदेखि चैत ३ गतेसम्म हरेक दिन बेलुका ७ बजेदेखि १० बजेसम्म अनलाइन माध्यमबाट कक्षा सञ्चालन गरिने छ। युनियन एजुकेशनका सञ्चालक रमेश बाबु भट्टराईका अनुसार, विद्यार्थीहरूको शैक्षिक सुधारका लागि सेवामूलक उद्देश्यका साथ निःशुल्क कक्षा सञ्चालन गर्न लागिएको हो।

भट्टराईले भने, “देशभरका एसईई तयारी गरिरहेका विद्यार्थीहरूलाई लक्षित गरेर निःशुल्क कक्षा सञ्चालन गर्न लागिएको हो। आर्थिक कारणले गुणस्तरीय ट्युसन पढ्न नपाएका विद्यार्थीहरूलाई सहयोग गर्नु हाम्रो मुख्य उद्देश्य हो। परीक्षामा उत्कृष्ट नतिजा ल्याउन चाहने सबै विद्यार्थीहरूले यस कक्षाबाट फाइदा लिन सक्नेछन ।

कसरी सहभागि हुने?
यस कक्षामा गणित, विज्ञान र अङ्ग्रेजी विषयका महत्वपूर्ण तयारी सामग्री र परीक्षा केन्द्रित पाठ्यक्रम समेटिने छ। कक्षा Zoom मार्फत र युनियन एजुकेशनको फेसबुक पेज मार्फत लाइभ हुनेछ। विद्यार्थीहरू Zoom ID 2535502290 र पासकोड 2081 प्रयोग गरी सहभागी हुन सक्नेछन्। गणित विषयको कक्षा भरत पोख्रेल, विज्ञान विषयको कक्षा सुदीप आचार्य र अङ्ग्रेजी विषयको कक्षा रमेश बाबु भट्टराईले सञ्चालन गर्नेछन्।

विगतमा पनि युनियन एजुकेशनले विभिन्न शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। भट्टराईका अनुसार, “विद्यार्थीहरूको शिक्षामा सकारात्मक प्रभाव पार्ने उद्देश्यका साथ हामीले निःशुल्क कक्षा सञ्चालन गर्दै आएका छौँ। यस पटकको एसईई तयारी कक्षा पनि सोही सेवामूलक अभियानको निरन्तरता हो।” इच्छुक विद्यार्थीहरूले युनियन एजुकेशनको फेसबुक पेजमार्फत थप जानकारी लिन सक्नेछन्।

Loading...