बझाङका विभिन्न गाउँमा जादु-टुना देखाएर सर्वसाधारणलाई ठगी गर्ने व्यक्तिहरू सक्रिय रहेको सूचना पाएपछि प्रहरीले खोजी तीव्र पारेको छ। ठगी गर्ने व्यक्तिहरू गाउँघरमा भूत-प्रेत झार्ने, हेराइ दिने जस्ता बहानामा स्थानीयलाई झुक्याउने गरेको पाइएको छ।
जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार ठगीमा संलग्न दुई जना भारतीय नागरिक गाउँमा घुम्दै सोझा साझा मानिसहरूलाई ठगिरहेको सूचना प्राप्त भएको छ। यस्ता घटनाबाट बच्नका लागि प्रहरी प्रशासनले सतर्क रहन सबैलाई आग्रह गरेको छ।
प्रहरीले ठगीमा संलग्न रहेको आशंकामा दुई जना भारतीय नागरिकको हुलिया सार्वजनिक गरेको छ। तीमध्ये एक जना करिब ४० वर्षीय, कालो रंगको कपडा लगाएको र रातो झोला बोकेको छन्। अर्का करिब ३० वर्षीय, गोरो वर्णका, पहेँलो लुगा लगाएका, रातो झोला बोकेको र गढवाली शैलीको टोपी लगाएका छन्।
प्रहरीले यस्ता ठगी गतिविधिबाट बच्न सबैलाई सतर्क रहन आग्रह गरेको छ। साथै, ठगी गर्ने समूह देखिएमा वा शंकास्पद गतिविधि देखिएमा प्रहरी कार्यालयमा खबर गर्न अनुरोध गरिएको छ। सम्पर्कका लागि प्रहरीको हटलाइन नम्बर १००, ९८५८४२५२०६, ९८५८४९१८९९ उपलब्ध रहेको छ।