होली विशेष: केदारस्युँ गाउँपालिका सामाजिक चेतना फैलाउँदै

केदारस्युँ गाउँपालिका बाल अधिकार समितिले होली पर्वको अवसरमा बालविवाह, घरेलु हिंसा, सामाजिक कुप्रथा, लागुपदार्थ दुर्व्यसनी तथा सामाजिक सञ्जाल र फोनको दुरुपयोग न्यूनीकरण सम्बन्धी जनचेतनामूलक कार्यक्रमको आयोजना गरेको छ ।

गाउँपालिकाका उपाध्यक्ष मनिषा धामीसहित अन्य जनप्रतिनिधि तथा कर्मचारीहरूले देउरा, बागथला, सैन्स्युँ, झोता लगायतका बजार क्षेत्रहरूमा जनचेतना फैलाउने उद्देश्यले सहभागिता जनाएका छन् । कार्यक्रममा सहभागीहरूले बालअधिकार र सामाजिक विकृतिविरुद्ध सन्देश फैलाउँदै सचेतनामूलक गतिविधि सञ्चालन गरेका थिए ।

उक्त अभियानबाट संकलित रकम गाउँपालिकाको बाल कोषमा जम्मा गरिने र विपत्तिमा परेका बालबालिकालाई सहयोग गर्न सहज हुने उपाध्यक्ष धामीले बताएकी छन् । कार्यक्रम केदारस्युँ गाउँपालिका बाल अधिकार समितीको आयोजना र प्रगतिशील युवा समाज, वर्ल्ड भिजन इन्टरनेशनल नेपालको समन्वयमा सञ्चालन गरिएको हो ।

Loading...