शान्ति आदर्शमा अनेरास्ववियु क्रान्तिकारीका धामी स्वबियु सभापति निर्वाचित

 

शान्ति आदर्श बहुमुखी क्याम्पस चौघानपाटा, बझाङमा अनेरास्ववियु (क्रान्तिकारी)का बम धामी स्वबियु सभापतिमा निर्बिरोध निर्वाचित भएका छन् ।

सर्वदलिय बिद्यार्थी संगठनका नेताहरुबिच भएको सहमतिको आधारमा धामीलाई स्वबियु सभापती घोषणा गरिएको हो ।

यस उपलब्धिलाई ध्यानमा राख्दै, सम्पूर्ण अनेरास्ववियु (क्रान्तिकारी) तथा क्याम्पसका विद्यार्थीहरू र अन्य सरोकारवालाहरू तर्फबाट बम धामीलाई हार्दिक बधाई तथा आगामी कार्यकालका लागि उज्जवल भविष्य र सफलताको शुभकामना व्यक्त गरिएको छ।

बम धामीका नेतृत्वमा क्याम्पसमा सकारात्मक परिवर्तन र नवीन विचारहरूको स्वागत हुनेछ भन्ने विश्वासका साथ, यो उपलब्धि संगठन र शैक्षिक क्षेत्रका लागि प्रेरणादायी उदाहरण बन्ने अपेक्षा गरिएको छ।

अनेरास्ववियु (क्रान्तिकारी) का जिल्ला अध्यक्ष समेत रहेका धामी लामो समयदेखि विद्यार्थी राजनितिमा सक्रिय छन्। उनी छबिसपाथिभेरा गाउँपालिका नं. ७ का बासिन्दा हुन्। साथै, उनी सहिद तथा बेपत्ता सन्तती फाउण्डेसन, सुदूरपश्चिम प्रदेश समितिका सचिब समेत रहेका छन्।

Loading...