कास्की – विश्वकर्मा समाज माछापुच्छ्रे गाउँपालिका कास्की द्वारा माछापुच्छ्रे गाउँपालिका–४, लाहचोक स्वास्थ्य चौकीमा आयोजित हाडजोर्नी तथा नसा सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न गरिएको छ ।
शनिबार सम्पन्न सो शिविरमा डाक्टर दिनेश कुमार बिक र डाक्टर बिजय परियारले ३०० जना बिरामीहरूको स्वास्थ्य परीक्षण गरी निःशुल्क औषधि वितरण गरेका थिए । स्थानीय बासिन्दाहरूले शिविरबाट प्रत्यक्ष लाभ उठाएका थिए भने उनीहरूले यस्ता कार्यक्रमको निरन्तरता हुनुपर्ने माग गरेका थिए ।
कार्यक्रमको सञ्चालन रबि विश्वकर्माले गरेका थिए भने माछापुच्छ्रे विश्वकर्मा समाजका अध्यक्ष जीवन सुनारको अध्यक्षता मा कार्यक्रम सम्पन्न गरिएको थियो । कार्यक्रममा कास्की जिल्ला विश्वकर्मा समाजका अध्यक्ष प्रकाश सुनार प्रमुख अतिथि रहेका थिए ।
स्वास्थ्य शिविरको समापन कार्यक्रममा डाक्टर दिनेश कुमार बिक, डाक्टर बिजय परियार तथा लाहचोक स्वास्थ्य चौकीलाई माछापुच्छ्रे गाउँपालिका विश्वकर्मा एकता समाजका अध्यक्ष र कास्की जिल्ला विश्वकर्मा एकता समाजका अध्यक्ष प्रकाश सुनारले मायाकाे चिनाे हस्तान्तरण गरेका थिए ।
शिविरपछि डाक्टर दिनेश कुमार बिकले भने, “स्वास्थ्य शिविरमार्फत धेरै बिरामीहरूलाई सेवा दिन पाउँदा खुसी लागेको छ । आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनेछु ।”
त्यस्तै, कास्की जिल्ला विश्वकर्मा समाजका अध्यक्ष प्रकाश सुनारले भने, “यस्ता स्वास्थ्य शिविर गाउँका हरेक वडासम्म विस्तार गर्नु आवश्यक छ । स्वास्थ्य सेवाबाट कोही पनि वञ्चित हुन नपरोस् भन्ने हाम्रो उद्देश्य हो ।”
स्थानीय बासिन्दाहरू पनि शिविरप्रति सन्तुष्ट देखिएका थिए । लाहचोकका एक स्थानीय बासिन्दा धनबहादुर विश्वकर्माले भने, “यस शिविरबाट हामी जस्ता आर्थिक रूपमा कमजोर मानिसहरूले ठूलो राहत पाएका छौँ । यस्ता कार्यक्रम बारम्बार हुनु आवश्यक छ ।”
अध्यक्ष जीवन सुनारले माछापुच्छ्रे गाउँपालिकाका हरेक वडामा यस्ता स्वास्थ्य शिविरहरू सञ्चालन गर्दै स्थानीयवासीलाई लाभान्वित गराउने आफ्नो उद्देश्य रहेको बताउँदै कार्यक्रमको समापन गरेका थिए ।
स्थानीय बासिन्दाहरूले पनि यस्तो कार्यक्रमले समुदायलाई प्रत्यक्ष लाभ पुर्याउने भन्दै निरन्तरता दिनुपर्ने माग गरेका थिए ।
