बझाङमा एक पुरुष मृत फेला

बझाङको जयपृथ्वी नगरपालिका-७ तमैल नजिकै एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।

आज बिहान तारजालिको वालामा दोपट्टाले झुन्डिएको अवस्थामा ती पुरुष मृत भेटिएको छबिस पाथिभेरा- १ का वडाध्यक्ष करनजंग बहादुर सिंहले जानकारी दिएका छन् । मृतकको पहिचान भने अहिलेसम्म खुल्न सकेको छैन ।

घटनाको जानकारी पाएपछि स्थानीय प्रहरी घटनास्थलमा पुगेको छ । प्रारम्भिक अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। घटनाको कारणबारे स्पष्ट हुन बाँकी छ ।

Loading...